कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप (फोटो/भिडियो)



प्रकाशित मिति : Sep 16, 2020
  • तस्वीर : महेश्वर के.सी./न्यूज २४,

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङको नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ । बुधबार घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

समूह–समूहमा माइतीघर मण्डलातर्फ अघि बढिरहेका घिसिङका समर्थकहरुलाई प्रहरीले हस्तक्षेप गर्दै लखेटेको छ । जसको लागि पानीको फोहोरासमेत हानिएको थियो ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई करिब ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।

घिसिङको पुनः नियुक्तिको माग गर्दै मण्डलामा प्रदर्शन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङको नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ । बुधबार घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

Posted by News24 Nepal on Wednesday, September 16, 2020

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकाएर यही भदौ २९ देखि विदाई हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com