जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित



प्रकाशित मिति : Sep 16, 2020

काठमाडौं, ३१ भदौ । जापानको नयाँ प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित हुनुभएको छ । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले उहााँई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएको थियो ।

बुधबार भएको निर्वाचनमा उहाँको पक्षमा बढी मत खसेकाले सुगालाई प्रधानमन्त्री चयन गरिएको हो । केही दिन अघि निबर्तमान प्रधानमन्त्री सिन्जो आबेले अस्वास्थ्यका कारण समय अवधि पूरा नभई पदबाट राजीनामा दिनुभएको थियो ।

७१ बर्षका सुगा एक बर्षका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नव निर्वाचित प्रधानमन्त्री सुगा आबे निकटका नेता मानिनुहुन्छ । उहाँले सोमबार भएको आफ्नै पार्टीको निर्वाचनामा ५३४ मध्ये ३७७ भोट ल्याएउनुभएको थियो ।

त्यस्तैगरी बुधबार भएको तल्लो सदनमा भएको मतदानमा पनि उहाँले सहजताका साथ जीत हासिल गर्नुभएको हो । उहाँले बुधबार आजै नयाँ मन्त्रिपरिषदको बिस्तार गर्न सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com