अत्याधिक ज्वरो आएपछि कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना



प्रकाशित मिति : Sep 16, 2020

काठमाडौँ, ३१ भदौ । कोरोना संक्रमणका कारण होम आइसोलेजनमा बसेका नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । उनका अनुसार कोइरालाई अत्याधिक ज्वरो आएपछि अस्पताल लगिएको हो ।

हाल उनलाईआइसियुमा राखेर उपचार गरिहेको र ज्वरो कम भएको छ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com