बेनी-जोमसोम सडक खण्डको रुप्से छहरामा भीषण पहिरो, सडक अवरुद्ध (फोटोफिचर)



प्रकाशित मिति : Sep 16, 2020
  • सुशीलबाबु थकाली

मुस्ताङ, ३१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको भीषण बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

बेनी-जोमसोमसडक खण्डको रुप्से अन्तर्गतको रुप्से छहरामा राति अबिरल बर्षाका कारण गएको भीषण पहिरोले सडकखण्ड नै अवरद्ध बनाएको हो । रुप्से छहराको बहाव बढेर आउदा अस्थायी रुपमा बनाएको सडकको ट्र्याक समेत नरहेने गरि बगाएको छ । सडक पुनः सञ्चालनमा आउन  अझै १० दिन बढी लाग्ने बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा पोखरा देखी मुस्ताङ हिडेका र मुस्ताङदेखी पोखरा लगायतका सहरहरुमा हिडेका मालबाहक सवारीसाधनहरु अलपत्र परेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com