क्रिस्टल प्यालेसमाथि बर्नमाउथकाे रोमाञ्चक जित : २४ पेनाल्टी २१ गोल



प्रकाशित मिति : Sep 16, 2020

एजेन्सी, ३१ भदाै । इंग्लिस फुटबल लिग कपमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित निकालेकाे छ । गएराति भएकाे खेलमा बर्नमाउथले प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

निर्धारित समयमा कुनैपनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११-१० ले विजयी हुदै दोस्रो चरणका पुग्न सफल भयो ।

दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए । ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए । १२ औं प्रहारमा बर्नमाउथले गाेल गर्दा गरे भने क्रिस्टल प्यालेसले गाेल गर्ने सकेन । क्रिस्टल प्यालेसकाे १२ औं प्रहार लाई बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउदै जित दिलाए ।

बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा गोलरक्षक एस्मिर बेगोभिच चुके ।

क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा गोलरक्षक वायन हेनेसी गोल गर्नबाट चुके ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com