३० भाद्र २०७७, मंगलवार

काठमाडौं, ३० भदौ । असोज १ गतेदेखि नै लामो दूरीको यातायात सञ्चालनमा आउने भएको छ । सोमबार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखिनै यातायात सञ्चालन गर्न दिर्ने निर्णय गरेको हो ।

मन्त्री ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा असोज १ देखि नै लामो दूरीको यातायात सञ्चालन हुने जानकारी दिनुभएको हो ।

त्यस्तै, उहाँका अनुसार बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाउनेछन् । जसको लागि व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

त्यसोत, यसअगाडि असोज ५ गतेदेखि मात्रै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने जानकारी गराइएको थियो ।

LIVE TV