३० भाद्र २०७७, मंगलवार

काठमाडौं, ३० भदौ। अन्तरिक हवाई उडान, लामो दुरीका सवारी साधन र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाट नै खुल्ने भएको छ ।कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै गत चैत ११ मा लगाइएको लकडाउनपछि बन्द रहका आन्तरिक उडान, होटल रेष्टुरेन्टहरु र लामो दुरीका सवारी असोज १ गतेबाट सञ्चालन गर्ने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो ।

यस्तै ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने जनाइएको छ। सर्तअनुसार सिट क्षमताको आधा मात्र यात्रु बोक्नु पर्ने र मास्क, स्यानिटाइजरलाई अनिवार्य छ ।

हवाई भाडाको दर भने पर्यटन मन्त्रालयले तोकेअनुसार हुने छ भने लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था गरिएको छ ।

LIVE TV