३० भाद्र २०७७, मंगलवार

काठमाडौं, ३० भदौ । मुलुकमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को ओखलढुंगामा १ जना, खोटाङमा १ जना, झापामा ६ जना, ताप्लेजुङमा १ जना, पाँचथरमा १ जना, भोजपुरमा १ जना, मोरङमा १ सय ११ जना, संखुवासभामा १ जना र सुनसरीमा १७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा ६ जना, पर्सामा १ जना, बारामा ३ जना, महोत्तरीमा ९ जना,रौतहटमा ३६ जना, सप्तरीमा २४ जना, सर्लाहीमा ४ जना र सिरहामा १ सय ६२ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ५ सय ५५ जना, काभ्रेमा ८ जना, चितवनमा ३७ जना, दोलखामा ५ जना, धादिङमा ४ जना, नुवाकोटमा २ जना, भक्तपुरमा ८६ जना, मकवानपुरमा ८७ जना, रामेछापमा २ जना, ललितपुरमा ३५ जना र सिन्धुपाल्चोकमा २ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ७ जना, गोरखामा ५ जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा २१ जना,मनाङमा १ जना, लमजुङमा ४ जना र स्याङ्जामा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, गुल्मीमा ३ जना, दाङमा २६ जना, नवलपरासीमा ३ जना, रुपन्देहीमा ५१ जना, पाल्पामा १६ जना, बर्दियामा १ जना र बाँकेमा २७ जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै कर्णाली प्रदेशको दैलेखमा २ जना, सल्यानमा २ जना र सुर्खेतमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८ जना, कैलालीमा ११ जना, डोटीमा ११ जनामा, दार्चुलामा ३ जनामा, बझाङमा २ जनामा र वैतडीमा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

LIVE TV