यस्तो बनेर आयो इमरान हाशमीको ‘हरामी’ लुक



प्रकाशित मिति : Sep 15, 2020

काठमाडौं, ३० भदौ । बलिउड अभिनेता इमरान हाशमीले आफ्नो आगामी फिल्म ‘हरामी’को फस्ट लुक सार्वजनिक गरेका छन् । अभिनेता इमरानले सोसल मिडिया ट्वीटरमार्फत् फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन् ।

ट्वीटरमार्फत् सार्वजनिक गरेका फस्ट लुकमा उनी फरक अवतारमा देखिएका छन्, जहाँ लामा कपाल, बढेको दाह्री जुँगा, आँखामा चश्मा र घाँटीमा सुनको सिक्री पनि लगाएका छन् ।

उनले क्याप्सनमा लेखेका छन्, ‘हरामी फस्ट लुक’ । इमरानको यस नयाँ लुक देखेर उनका साथी एवं प्रसंसकहरुले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

अभिनेता सिद्धान्त कपुरले लेखेका छन्, ‘लभ इट इम्मी ।’ त्यस्तै, अर्का एक युजरले पनि लेखेका छन्, ‘लभ दिस लुक ।’ इमरानको ‘हरामी’ फिल्मलाई मदीराजुले लेखन तथा निर्देशन गरेका हुन् ।

यो एक इन्डो–अमेरिकन प्रोडक्शन भएको बताइएको छ । यस फिल्मलाई बुसन इन्टरनेशनल फिल्म फेस्टिबल–२०२० मा छनौट गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com