३० भाद्र २०७७, मंगलवार

बागलुङ, ३० भदौ । बागलुङ देउराली चोकमा ढलान गरेको सडक भासिदा दिन प्रतिदिन भासिदै गएको छ ।सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ । सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको जनाइएको छ ।

सवारी गुड्नै नमल्निे गरी सडक भासिए पनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएको छ । बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ ।

उक्त सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्ने गरी चर्किएको बताइएको छ ।

LIVE TV