
काठमाडौँ, ३० भदौ । बलिउड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको पक्षमा कानून बनाउने निर्णय गरेको नेपाल सरकारलाई धन्यवाद दिएका छन् । बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दोषीलाई कारबाहीको लागि पहल गरेको भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् ।
बच्चनले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा एसिड पीडितका लागि थापाले गरेको कडा परिश्रमको प्रशंसा गरेका हुन्। एसिड पीडितका लागि नयाँ कानुन बनाउने निर्णयलाई उनले थापाको कडा परिश्रमको परिणाम भनेका छन्।
यो निर्णय नेपालकै लागि मात्र नभई भारतका लागि प्रेरणाको स्रोत हुने उल्लेख गरेका छन्। साथै थापालाई बधाई दिँदै यो कार्यका लागि गर्व गरेका छन्।
केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितको पक्षमा कडा कानून ल्याउन निर्देशन दिएका थिए । उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार पार्न निर्देशन दिएका हुन् ।
T 3659 – @UjjwalBikram Thapa !! well done ex – Sherwoodian .. your hard work on the issue of acid victims, has paid off .. you have not just made Sherwood College proud, but also your country Nepal ..
Many congratulations .. keep up the good work ..???— Amitabh Bachchan (@SrBachchan) September 14, 2020