२९ भाद्र २०७७, सोमबार
  • गोविन्द कुँवर

काठमाडौं, २९ भदौ । कुनै समय मानव बस्तीमा बाक्लै संख्यामा देखिने गौँथली अहिले हराउँदै गएका छन् । २०७२ सालको विनाशकारी भुकम्पले घरहरु भत्काएपछि गौँथली देखिनै छोडे्का हुन् । माटोको घरमा बस्न रुचाउने गौँथली पछिल्लो सयम वासस्थानको अभावका कारण लोप हुँदै गएका छन् । केही अघिसम्म काठमाडौं,ललितपुर,भक्तपुर लगायत देशका विभिन्न शहरमा बाक्लो बथानका रुपमा देखिने गौँथली अहिले देखिनै छोडेका छन् ।

म बस्ने कोठाकै दलिन बीचमा गौंथली बस्यो ।
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी ।।
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

कवि शिरोमणि लेखनाथ पौड्यालले गौंथलीको विशेषता वर्णन गर्दै ८० वर्ष अगाडि यसरी कविता लेखेका थिए । तर आजभोलि न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौंथली रु घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोलि देख्नै मुस्किल भएका छन् । केही वर्षयता काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा गौँथली देखिनै छोडेका छन् ।

विभिन्न सयमा हुँने प्राकृतिक विपत्तिका कारण गौँथली लोप हुँदै गएका हुन् । मानव बस्तीको विस्तार, पक्की घरको निर्माणले गर्दा चरन क्षेत्रको अभाव लगायतका विविध कारणले गर्दा गौंथली नासिदै गए । सहरमा निर्माण गरिएका आधुनिक भौतिक संरचनाहरु गौँथलीका लागि उपयुक्त नभएकाले गौँथली लोप भएको विश्वास गरिएको छ । यद्यपि वासस्थानको अभाव र प्रदुषणका कारणले गौँथली संकटमा पर्दै गएको विज्ञहरुको निष्कर्ष छ ।

एक सयम काठमाडौँका घरपिच्छे बथानका बथान देखिने गौँथली अहिले देखिनै छोडिसेका छन् । मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपु¥याउँदा उनीहरु लोप भइरहेका छन् । किसानहरुले बाली संरक्षण गर्न विषादीको प्रयोग गर्दा यिनीहरुको खानामा समेत असर परेको देखिन्छ । हिन्दू धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने जनविश्वास रहेका छ । तर पछिल्ला वर्षहरूमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरी गौँथली मार्ने गरिएको भेटिन्छ ।

आकाशमा धेरै बेरसम्म उडिरहन सक्ने यो चरादेख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जिउको रंङ खैरो र कालो हुन्छ भने पेट तिरको भागको रंङ सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरूको भन्दा बेग्लै किसिमको हुन्छ । अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदिको प्रयोग गरेर रुखको हाँगामाथि अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर मानिस बस्ने घर भित्र र दलिनमा गुँड बनाउँने गर्छ । तर हराएको गौँथलीले काठमाडौंमा परम्परा हराउँदै गएको संकेत पनि दिएको छ ।

LIVE TV