२९ भाद्र २०७७, सोमबार
  • सन्तोष काफ्ले

सुनसरी, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपीडी सेवा सुरु गरेको छ । कोरोना संक्रमित संगै अन्य विरामीहरुको समेत उपचारको लागि ओपीडी सेवा र शल्याक्रिया सेवा समेत प्रतिष्ठानले सुरु गरे पछि प्रदेश तथा आसपासका क्षेत्रका विरामीहरुले समेत राहत महशुष गरेका छन् ।

सुरक्षाका सम्पुर्ण उपाय उपनाउदै प्रतिष्ठानले स्वास्थ्य प्रोटोकल अनुसार प्रतिष्ठानभित्र प्रवेश नगर्दै मुख्य प्रवेशद्वारमै इनफ्रारेड थर्माेमिटरले बिरामीको तापक्रम मापन गर्ने, ज्वरो आएनआएको पहिचान गरेपछि बिरामीले भनेको लक्षणको आधारमा टोकन दिएर सम्बन्धित ओपीडी कक्ष सम्म विरामी पुग्ने वातावरण मिलाएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरिशंकर साहले जानकारी दिनुभयो ।

स्वास्थ्य प्रोटोकल अनूरुप सुरक्षा उपाय अपनाएर ओपीडी सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले ओपीडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पीपीई, आवश्यक सुरक्षा, सामाजिक दुरी, कायम गदै ओपिडि सञ्चालनमा ल्याएको बताउनुभयो ।

सरकारले लकडाउन खुकुलो बनाएको र ओपीडी सेवा बन्द हुँदा अन्य विरामीहरुले उपचार नपाएको गुनासो आएकोले ओपीडी सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ । धरान लगायतकका क्षेत्रमा समुदाय स्तरमा कोरोना सक्रमण देखिन थालेपछि प्रतिष्ठानले गत साउन २८ गते देखी ओपीडी सेवा बन्द गरेको थियो ।

LIVE TV