२९ भाद्र २०७७, सोमबार
  • सन्तोष काफ्ले

सुनसरी, २९ भदौ । करिव एक महिना देखि रिक्त रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक अस्पताल निर्देशकमा डा.प्रमोद वराल नियुक्त हुनुभएकाे छ ।

प्रतिष्ठानको नियमावलिको नियम १०.२५ को उपनियम ३ अनुसार सोमबार प्रतिष्ठानका एसिस्टेन्ट प्रोफेसर बराल सहायक अस्पताल निर्देशकमा नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरी शंकर शाहको सिफारिसा प्रतिष्ठानको हाडजोर्नी विभागमा कार्यरत उहाँलाई उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सहायक अस्पताल निर्देशक पदमा नियुक्त गरेका हुन् ।

साउन ३२ गते सहायक अस्पतात निर्देशक डा. विकास शाहको पदावधि सकिएपछि डा वराल २ वर्षका लागि सहायक अस्पताल निर्देशक नियुक्त भएका हुन् । यसैविच सोमबारै अस्पताल निर्देशकको सिफारिसमा गायत्री राई मेट्रोन नियुक्त भएकी छिन् ।

उहाँसँगै सगै सहायक अस्पताद निर्देशक बराललाई उपकुलपति प्रा.डा गिरीले सोमबारै नियुक्ती पत्र दिएका छन् । दूवैले सोमबार देखिनै कार्यभार सम्हालेका छन् ।

उहाँरुलाई अस्पताल निर्देशक प्रा.डा साहसँगै अस्पताल प्रशासनले स्वागत गरेको छ भने कार्यकाल पूरा गरेका सहायक निर्देशक डा.विकास साह र कायम मुकाय मेट्रोन को रुपमा काम गर्दै आएका उपेन्द्र यादवलाई विदाई समेत गरिएको थियो ।

LIVE TV