२९ भाद्र २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २९ भदौ । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ८० जना नयाँ संक्रमित थपिएका छन् ।योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ९ सय ६३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

आज पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० की ५५ वर्षिया एक महिला र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ की ३५ वर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशका ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका ६, धनुषाका १७, महोत्तरीका १, बाराका ४ र पर्साका १० जना छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ७ सय ३४, सिरहाका ३ सय ८५, धनुषाका ९ सय ८४, महोत्तरीका ४ सय ७७, सर्लाहीका ७ सय ५५, रौतहटका ८ सय ७६, बाराका ६ सय ९० र पर्साका १ हजार ५ सय १ गरि ६ हजार ४ सय २ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV