२९ भाद्र २०७७, सोमबार
  • सन्तोष काफ्ले

सुनसरी, २९ भदौ । मोरङको सुन्दर हरैँचामा वेवारिसे अवस्थामा रहेको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानको जग्गा छुट्टै अस्पताल बन्ने भएको छ । सुन्दर हरैचा नगरपालिकामा रहेका सो जग्गामा ३ सय वेडको अस्पताल बन्ने भए पछि स्थानीयहरु उत्सायी भएका छन् ।

प्रतिष्ठानको नाममा रहेका ९ विघा जग्गा प्रतिष्ठानले ३ सय वेडको सरुवा रोग उपचार केन्द्र बनाउन लागेपछि स्थानीयहरु उत्सायी भएका हुन् । सामान्य उपचारका लागि पनि नजिक अस्पताल नहुँदा विराटनगर र धरान धाउन बाध्य भएका स्थानीयहरु अस्पताल बन्ने भए पछि सहजै उपचार सगै आफ्नो ठाँउको विकास हुनेमा ढुक्क छन् ।

अस्पताल बन्दा आफुहरुले सहज उपचार पाउने बताउदै स्थानLय राजेन्द्र प्रसाद खत्रिले भने ‘स्थानीयवासीहरुले सहज उपचार संगै यस क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्छ ।’ प्रदेश नम्बर १ कै नमुना नगरपालिको रुपमा विकास हँुदै गरेको सुन्दर हरैचामा राम्रो अस्पताल नहुँदा आफुहरुले समस्या झल्दे आएको बताउदै उनले यो अस्पता बनेमा सजह उपचार आउने वताए । साथै, उनले अस्पताल निमार्ण सगै सो क्षेत्रको विकास समेत हुने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानको हालै काठमाडौमा सम्पन्न ४५ औ सिनेटले सुन्दर हरैचामा रहेका जग्गामा ३ सय वेडको अस्पताल निमार्ण गर्ने नीतिगत निणर्य गर्दै निमार्णको काम सुरु गरेको प्रतिष्ठानका रजिष्टार प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

नेपाल सरकारको एक प्रदेश १ सरुवा रोग उपचार केन्द्र बनाउने योजना अनुरुप सुन्दर हरैचामा सरुवा रोग अस्पताल बन्न लागेको जानकारी दिदै प्रोजेक्ट डिजाइनको काम सुरु भईसेको वताए । ‘स्वास्थ्य मन्त्रालयको सल्लाहमा प्रोजेक्टर डिजाइन र इम्प्लिमेन्टेन्सन काममा हामी अगाडी बढिसेको छौ ’ उनले भने ‘अव छिट्रनै यो परियोना सुरु हुने छ ।’

स्थापना काल देखी नै प्रतिष्ठानको नाममा रहेको जग्गामा निजि क्षेत्रको साझेदारीमा औषधी उद्योग सञ्चालनको तयारी भए पनि सम्भव नभएको वताउदै उनले भने – सुगम फर्मास्युटिकल सगैको सहकाईमा औषधि उद्योग सञ्चान गर्न यस अघि पनिकाम भएको भएपनि विविध कारणले पुरा नुह सकेन तर अव भने सो क्षेत्रमा अस्पताल बन्ने छ ।

प्रतिष्ठानका सहकुलपति समेत रहेको स्वास्थ्य मन्त्रि भानुभक्त ढकालको आफैले सोक्षेत्रमा अस्पताल बनाउने प्रस्ताव गरेका कारण पनि अस्पताल बन्नेमा प्रतिष्ठान ढुक्क छ । सुगम फर्मास्युटिकल संगको साझेदारीमा औाषधी उद्योग सञ्चान मै नआइबन्द भए पछि प्रतिष्ठानले अहिले सो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निमार्ण गर्न लागेको हो ।

LIVE TV