२९ भाद्र २०७७, सोमबार

काठमाडौं, २९ भदौ । मुलुकमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा २ जना, ओखलढुंगामा १९ जना, झापामा ७ जना, भोजपुरमा २ जना, मोरङमा ३२ जना र सुनसरीमा ४६ जनामा संक्रमण देखिएको छ । त्यस्तै प्रदेश २ को धनुषामा ६ जना, पर्सामा ९ जना, बारामा १२ जना, महोत्तरीमा १ जना, सप्तरीमा २ जना, सर्लाहीमा २ जना र सिरहामा ३४ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ४ सय ४० जना, काभ्रेमा १८ जना, चितवनमा ३१ जना, दोलखामा १ जना, धादिङमा ८ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ४३ जना, मकवानपुरमा १४ जना, रामेछापमा १ जना, ललितपुरमा २९ जना र सिन्धुपाल्चोकमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ५४ जना, गोरखामा १० जना, तनहुँमा १७ जना, नवलपरासी पूर्वमा २ जना, लमजुङमा ४ जना, वाग्लुङमा २ जना र स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा १ जना, कपिलबस्तुमा ६ जना, गुल्मीमा २ जना, दाङमा ४५ जना, नवलपरासीमा ७ जना, पाल्पामा ७ जना, बाँकेमा २४ जना, रुपन्देहीमा ८१ जना र रोल्पामा २ जनामा भाइरस पुष्टि भएको छ । त्यस्तै कर्णाली प्रदेशको कालिकोटमा १ जना, जाजरकोटमा २ जना, दैलेखमा ७ जना, सल्यानमा २ जना र सुर्खेतमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ५ जना, कञ्चनपुरमा ३ जना, कैलालीमा ७० जना र डडेल्धुरामा १ जना, डोटीमा ८ जना र बझाङमा ३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५ सय १२ जना संक्रमित थपिएका छन् ।

LIVE TV