नेपाल रेलवे कम्पनीमा जागिर खुल्याे, विभिन्न २९ पदका लागि आवेदन माग



प्रकाशित मिति : Sep 14, 2020
  • घनश्याम मिश्र

जनकपुरधाम, २९ भदौ  । नेपाल रेलवे कम्पनीले विभिन्न २९ वटा पदको लागि कर्मचारी माग गरेको छ । जनकपुर-जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदको लागि १२९ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरु परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ । स्नातकदेखि लिएर सामान्य लेखपढ गरेकाहरुको लागि समेत विज्ञापन आह्वान गरिएको छ । अधिकृत तृतीय स्तरको प्रशासन शाखाको लागि एकजना शाखा अधिकृतको माग गरेकाे छ ।

रेल विभागअन्तरगतकाे साे कम्पनीले  कानून अधिकृत १ जना, स्टेशन मास्टरमा ३ जनाको माग गरेको छ । त्यस्तै सब इन्जिनियर, सहायक स्टेशन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट क्लेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदमा विज्ञापन आह्वान गरिएको छ ।

आवेदक असोज १२ गते भित्र रेल्वे कम्पनीको वेभसाईट https://nepalrailway.org मार्फत विभिन्न विज्ञापनमा अनलाईन दर्खास्त भर्न सक्ने जनाएको छ । अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहीन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com