२९ भाद्र २०७७, सोमबार
  • मनोज श्रीवास्तव

कपिलवस्तु, २९ भदाै । कोरोना भाईरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नं. ५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षे महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए । उनी मृर्गौला र उच्च रक्तचापकी बिरामी थिइन् ।

त्यस्तै उक्त वार्डकै ५८ वर्षे पुरुषको पनि गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । स्थानीय व्यवसायी उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भाद्र २२ गते कोरानो भाईरस संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

LIVE TV