२९ भाद्र २०७७, सोमबार
  • केदार शर्मा

चितवन, २९ भदाै । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट नगरपालिका वडा नम्बर ९ कि ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।

ज्वरो, खोकी र स्वाशप्रस्वामा समस्या आई भदौं १७ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आईतबार राती ११ः३० वजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुई जना वृद्धाको घरमानै मृत्यु भएको थियो । चितवनका १७ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका ४ जना, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

LIVE TV