२९ भाद्र २०७७, सोमबार

एजेन्सी, २९ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम आफ्नै घरेलु मैदानमा पराजित भएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो ।

टोटेनहमको घरेलु मैदानमा काल्भर्ट लेविनले खेलको ५५ औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । लुकास डीनेको फ्रिकिकमा उनले गरेको हेडर गोलमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आफ्ना नयाँ खेलाडीलाई डेब्यु दिएका थिए ।

त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल एभर्टनले १–० ले जितेको हो । यस जितसँगै एभर्टनले अंक तालिकामा तीन अंक जोडेको छ । पराजित टोटनहामले भने लिगमा खराव सुरुवात गरेको छ ।

LIVE TV