२८ भाद्र २०७७, आईतवार

धादिङ, २८ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ्ग जिल्ला बेनिघाट रोराङ्ग गाउपालिका वडा नं १० फिस्लिङ्ग खोला नजिक ट्रकको ठक्करबाट गोर्खाका गण्डकी गाउपालिका वडा नं. ६ बस्ने प्रवचन पर्जाको मृत्यु भएको छ ।

काठमाडौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ३४६६ नम्बरको ट्रकले बाटो क्रस गरिरहेका पर्जालाई ठक्कर दिएर फरार भएको थियो ।

फरार ट्रकलाई फिस्लिङ्गबाट प्रहरीले नियन्त्रण लिएको ट्राफिक प्रहरी निरीक्षक नेत्र भट्टले बताए । उक्त दुर्घटनापछि राजमार्ग केहीबेर अबरुद्ध समेत भएको थियो ।

LIVE TV