२८ भाद्र २०७७, आईतवार
  • केदार शर्मा

चितवन, २८ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले युरिया मलमा कालोबजारी गर्ने ४ जना आरोपितहरुलाई रु १० हजार प्रतिव्यक्ति जारिवाना तोकेको छ ।

प्रशासनले आइतबार रत्ननगरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारीसँग सम्बद्ध रहेका उनीहरुलाई जरिवाना तोकेको हो ।

जरिवाना तोकिएकाहरुमा सहकारीका व्यवस्थापक विनोद अधिकारी, रामकृष्ण तिमिल्सिना, मायानाथ अर्याल र निर्मला घिमिरे रहेका छन् ।

सो सहकारीले तोकेको रकम भन्दा बढी लिएर मल किसानलाई वेचेको आरोप सहित जिल्ला प्रशासनमा मुद्दा परेको थियो। साथै सहकारीले विक्री गर्न नभ्याएका ५१ बोरा मल प्रशासनले जफत गर्ने भएको छ ।

जफत गरिएका मल सम्बन्धित स्थानीय तहलाई किसानका लागि विक्री गर्न दिने र उठेको रकम राजश्वमा जम्मा गर्ने फैसला भएको जिल्ला प्रशासनका सूचना अधिकारी प्रशासकीय अधिकृत इश्वर सिंखडाले बताउनुभयो ।

कालोवजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दाफा ३ अनुसार कारवाही गरिएको उनले जानकारी दिनुभयो ।

LIVE TV