२८ भाद्र २०७७, आईतवार

काठमाडौं, २८ भदौ । मुलुकमा थप १ हजार ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, खोटाङमा २ जना, झापामा १ जना, मोरङमा ७१ जना र सुनसरीमा ३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा १४ जना, पर्सामा ४ जना, बारामा ४ जना, महोत्तरीमा ३ जना, रौतहटमा १ जना, सप्तरीमा २ जना, सर्लाहीमा २२ जना र सिरहामा ३ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ४ सय ८३ जना, काभ्रेमा १ जना, चितवनमा २७ जना, धादिङमा ३४ जना, नुवाकोटमा ९ जना, भक्तपुरमा ८१ जना, रामेछापमा २ जना, ललितपुरमा ३६ जना, र सिन्धुपाल्चोकमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ७ जना, गोरखामा ७ जना, तनहुँमा ७ जना, नवलपरासी पूर्वमा २० जना, लमजुङमा २७ जना र स्याङ्जामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिलबस्तुमा ४ जना, गुल्मीमा २ जना, दाङमा १ जना, नवलपरासीमा ८ जना, पाल्पामा १ जना, प्युठानमा २ जना, बर्दियामा ६१ जना, बाँकेमा १७ जना र रुपन्देहीमा ३१ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको जुम्लामा २ जना, दैलेखमा १ जना, रुकुम पश्चिममा १ जना र सुर्खेतमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २ जना, कञ्चनपुरमा १४ जना, कैलालीमा ७ जना र डडेल्धुरामा ३ जनमा संक्रमण पुष्टि भएको छ ।

LIVE TV