२८ भाद्र २०७७, आईतवार
  • सुरेश भट्ट

कञ्चनपुर, २८ भदौ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु)ले आन्दोलन गरेका छन् । नगरपालिकाले शिक्षक युनियनले दिएको पत्रको केहि पनि सुनावाइ र समन्वय नगरेको भन्दै शिक्षकहरुले नगरपालिकाको कार्यालयमै आन्दोलन गरेका हुन् ।

कोरोना भइरस महामारीको परीवेशमा गत वर्ष असोज महिना सम्मको मात्रै तलव दिएिको र त्यो पछिको धैरै जसो तलब नपाएको हुँदा तलव माग्दा लकडाउन भएको भन्दै तलब रोकेको शिक्षकले बताएका छन् ।

जिल्लाका धेरै जसो विद्यालयले गत वर्षको समेत तलब नदिएको र कुनै पनि निकायलले शिक्षकको गुनासोे र विज्ञप्तीको केहि पनि सुनवाइ नहुँदा आन्दोलन गर्नु परेको शिक्षकले बताएका छन् ।

यो विषयमा केन्द्रमा सबै सँग छलफल गर्दा गत वर्षको चैत्र सम्मको सेलरी दिने र बैशाख बाट ब्यवहारिक रुपमा भुक्तानी गर्ने सहमती भएको र बाँकी सेलरी बारे ब्यक्ती गत रुपमा यो विद्यालय विद्यालयको कुरा हुनाले प्याप्सनले आँफै निर्णय गर्न नसकेको नीजि तथा आवासीय विद्यालय अर्गानाइजेसन प्याप्सन कञ्चनपुरका अध्यक्ष महाशर्मा न्यौपानेले बताउनु भएकोे छ ।

LIVE TV