२८ भाद्र २०७७, आईतवार

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ स्थित नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आइतबार (आज) विज्ञप्ती जारी गर्दै बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको हो ।

File Photo

त्यस्तै, उहाँले वेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु (खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबास)को तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

यसका साथै उहाँले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिममा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न सरकारसँग माग गर्नुभएको छ ।

LIVE TV