२८ भाद्र २०७७, आईतवार
  • ज्योति पन्थी

बर्दिया, २८ भदौ । बर्दिया जिल्लाको मधुवन नगरपालिका अन्तर्गत पर्ने पुष्पलाल मार्गको मर्मत सम्भार गरिने भएको छ ।

करिव ६ बर्ष पहिला बैदेशिक सहयोगमा निर्माण गरिएको सडक खण्डको १७ नं चोक देखि बेलवा चोक सम्मको सडक भत्किएर जिर्ण बन्दै गएपछि स्थानीयले पटक सडक मर्मत गर्न नगरपालिका समक्ष माग गरेका थिए ।

सडक भत्कियर आवत जावत नै ठप्प हुने भएपछि हामिले सडक मर्मत गर्न नगरपालिका संग माग गरेका थियौ स्थानीय बासिन्दा नन्दकुमार थापाले बताउनुभयो ।

सडक मर्मत गर्न माग गरेपछि मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री र प्रदेश सांसद कुल प्रसाद पोख्रेलले आइतबार संयुक्त रूपमा सडको अनुगमन समेत गरेका छन् ।

अनुगमनका क्रममा सडक जोखिमपूर्ण अवस्थामा पुगेपछि तत्काल सडक मर्मत नगरपालिकाको प्राविधिक टोलिलाई निर्देशन दिईएको मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले बताउनुभयो ।

LIVE TV