२८ भाद्र २०७७, आईतवार
  • बालकुमार शर्मा

जाजरकोट, २८ भदाै। जाजरकोटको भेरी नगरपालिका– ४ शान्तीचौतारामा रहेकाे रूकमेली होटल एण्ड लजको छतबाट खसेर सल्यानका एक मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान जिल्लाको कुमाख गाउँपालिका- ३ का ३९ वर्षीय किरण थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेलुका कामको सिलसिलामा स्थानीय हाेटलको छतबाट खसेर मृत्यु भएको हो ।

थापा विगत केही दिनदेखि जाजरकोटमा ज्याला-मजदुरी गर्दै आएका थिए । थापाको शव अहिले जिल्ला अस्पताल जाजरकोटमा राखिएको प्रहरीले जनाएको छ । उनका आफन्त भने अहिलेसम्म कोसैलाई पनि सम्पर्क हुन सकिरहेको छैन । सम्पर्क गर्ने प्रयासमा रहेको प्रहरीको भनाइ छ ।

LIVE TV