२७ भाद्र २०७७, शनिबार

काठमाडौं, २७ भदौ । मुलुकमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय २ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, झापामा १ जना, मोरङमा ५८ जना र सुनसरीमा १४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा १ जना, पर्सामा १० जना, बारामा १५ जना, महोत्तरीमा ८ जना, रौतहटमा ४ जना, सप्तरीमा १० जना, सर्लाहीमा ८३ जना र सिरहामा ७ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ३ सय ७७ जना, काभ्रेमा २ जना, चितवनमा ९२ जना, दोलखामा १ जना, नुवाकोटमा १ जना, भक्तपुरमा १७ जना, मकवानपुरमा १ सय ७ जना, रामेछापमा ७ जना, ललितपुरमा ३७ जना, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा ३५ जना, गोरखामा ६ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा ५१ जना, लमजुङमा १ जना, वाग्लुङमा ३ जना र स्याङ्जामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँचीमा ३ जना, कपिलबस्तुमा २२ जना, दाङमा २४ जना, नवलपरासीमा ३ जना, पाल्पामा ९ जना, प्युठानमा १ जना, बर्दियामा १८ जना, बाँकेमा ३२ जना, रुकुम पूर्वमा २ जना, रुपन्देहीमा ८१ र रोल्पामा ८ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको दैलेखमा ४ जना र सुर्खेतमा १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८ जना, कैलालीमा ४ जना र डडेल्धुरामा २ जना र डोटीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

LIVE TV