२६ भाद्र २०७७, शुक्रबार
  • बाल बिक्रम कार्की,

रौतहट, २६ भदौ । रौतहटमा एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लामा एकैदिन एक बालकको डुबेर र एक बालिकाको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुर गाउँका राम प्रवेश ठाकुरका डेढ वर्षीय छोरा आदित्य ठाकुरको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार ठाकुरको घरनजिकै पानी खाने चापाकलको पानी जम्ने खाल्डोमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनको सोही खाल्डो छेउमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

यता जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ मा आनन्दी साहकी डेढ वर्षीया छोरी विनिताकुमारी साहको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ ।

घरको छतमा खेल्ने क्रममा बालिका माथिबाट लड्न पुगेको र उनको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहले जानकारी दिए ।

उनका अनुसार दुवै बालबालिकाको शवलाई जिल्ला अस्पताल गौरमा पोस्टमार्टम पश्चात परिवारलाई बुझाइएको छ ।

LIVE TV