काठमाडौंमा डेरावाललाई घरबेटीले कुट्दा मृत्यु



प्रकाशित मिति : Sep 11, 2020

काठमााडौं, २६ भदौ । सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा घाइते भएको प्रहरी समक्ष बताएका छन् ।

घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि महर्जनलाई प्रहरीले पक्राउ गरि अनूसन्धान गरिहेको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com