२६ भाद्र २०७७, शुक्रबार
  • सुमन कार्की

पाल्पा, २६ भदौ । लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपाल बहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।

उनको अवस्था सामन्य रहेको अस्पताल स्रोतले जनाएको छ । पोखरेल अहिले होम आइसोलेशनमा रहेका छन् । उनलाई कोरोना पोजेटिभ भएपछि अस्पतालमा कार्यरत चिकित्सक, प्राविधिक र अन्य कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा २५ जनाको स्वाब संकलन गरिएको थियो ।

विहिबार सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । आज मात्रै जिल्लामा ११ जना संक्रमीत थपिए संगै पाल्पामा ६५१ जनामा कोरोना संक्रमण भएको छ भने ५७० जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।

पछिल्लो समय पाल्पामा पनि समूदाय स्तरमा कोरोना फैलदै गएको हुनाले समूदाय स्तरमा त्रास फैलदै गएको छ ।

LIVE TV