२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं, २६ भदौ । काठमाडौं महानगरले ठेलागाडा तथा फुटपाथका व्यावसाय बन्द गर्न भन्दै काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

महानगरकी उपमेयर हरिप्रभा खड्कीले ठेलागाडा तथा फुटपाथमा व्यवसाय संचालन गर्न दिए कोरोना महामारी नियन्त्रण भन्दा बाहिर जाने भन्दै निर्णय परिवर्तन गर्नपर्ने माग गर्नुभएको छ ।

उपमेयर खड्कीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र दिदै ज्ञापनपत्र बुझाउदै यसअघिको निर्णयकाे १० नम्बरमा लेखिएको ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न भनिएको छ ।

 

काठमाडौं जिल्ला प्रशासनले गत २४ गते निषेधाज्ञा खुकुलो पार्ने भन्दै ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरू, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरू र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने निर्णय भएको थियो ।

LIVE TV