२६ भाद्र २०७७, शुक्रबार

काठमाडौं, २६ भदौ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ७२ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ७२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७१ प्रतिशत हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ९ सय २५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ ।

यस्तै होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ ९१ जना छन् ।

पछिल्लो घण्टामा देशभर १० हजार ७ सय ०१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ ।

LIVE TV