‘रक पप ब्यान्ड द भाइब्ज’ २० वर्षपछि ‘कुनै जादु’ मार्फत पूरानागमन



प्रकाशित मिति : Sep 11, 2020

काठमाडौँ, २६ भदौ । रक पप ब्यान्ड द भाइब्ज २० वर्षपछि पूनारागमन भएको छ । ब्यान्ड पूनारागमन हुँदै २० वर्षअघिको आफ्नो लोकप्रिय गीतलाई नयाँ भर्सनमा तयार गरेर सार्वजनिक गरेको छ। ब्यान्डको २० वर्षअघि नै सार्वजनिक भई लोकप्रियता कमाउन सफल ब्यान्डको कुनै जादु बोलको गीत अनप्लग्ड भर्सनमा गरेको हो ।

अमेरिकामा रहँदै आएका ब्यान्डका भोकलिस्ट प्रइन सिंहले लकडाउनको समयमा पुरानो गीतलाई नयाँ स्वरुप दिएका हुन् । उनले सो समयमा स्टुडियोमा एक्लै बसेर कुनै जादु बोलको सो गीत यत्तिकै पियानो बजाएर गाई साथीहरूलाई पठाउँदा सबैले मन पराएर पियानोमा त झनै राम्रो सुनियो भन्दै सार्वजनिक गर्न सल्लाह दिएपछि उनले पियानोको भरमा गाएको गीत युट्युबमार्फत सार्वजनिक गरेका हुन्।

यो गीत पहिला नसुनेका मानिसले पनि कस्तो राम्रो भनेपछि प्रइनसँगै ब्यान्डका सदस्यहरू उत्साहित हुँदै युट्युबमार्फत लिरिकल भिडियोका रूपमा यसको नयाँ भर्सन सार्वजनिक गरिएको हो ।

यो गीत द भाइब्ज ब्यान्डका भोकलिस्ट प्रइनको पहिलो कम्पोजिसन थियो। प्रइन माइक्रोसफ्टमा हटमेल इन्जियिनरका रूपमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com