२६ भाद्र २०७७, शुक्रबार

काठमाडौँ, २६ भदौ । निषेधाज्ञा खुकुलो बनाइएसंगै काठमाडौं उपत्यका छिर्ने पूर्वी नाका साँगाबाट सहज रूपमा दुई हजार बढी सवारी प्रवेश उपत्यका प्रवेश गर्ने गरेका छन्। काभ्रे भक्तपुर सीमा नाकाबाट दैनिक विभिन्न बहानामा दुई हजारभन्दा बढी सानाठूला सवारी उपत्यका छिर्ने गरेको हो । साथै बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म टिप्परहरू बिना रोकटोक चल्ने गरेको छ ।

धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा टिप्पर दिउँसो समयमा पनि चलाउन दिइएको स्थानीय बताउँछन्। दैनिक नौ सयभन्दा बढी टिप्पर उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ। दिउँसो सानाठूला सवारीहरू एक हजारभन्दा धेरै उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।

दैनिक दुई हजारभन्दा धेरै सवारी उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यलय काभ्रेले जनाएको छ । उपत्यकाका तीन जिल्लाका सीडीओहरूको अनुमतिमा टिप्पर बेलुका ९ बजेदेखि उपत्यका छिर्ने गरेका छन् । टिप्परका कारण काभ्रेबाट बेलुकाको समयमा टिप्पर चल्ने भएकाले एम्बुलेन्ससमेत छिर्न कठिन देखिन्छ।

एम्बुलेन्स चालकले भने टिप्पर चलेकै कारण बेलुका पनौतीबाट काठमाडौं पुग्नुपर्ने एम्बुलेन्सलाई दुई घण्टा लाग्ने गरेको बताएका छन्।

LIVE TV