२६ भाद्र २०७७, शुक्रबार
  • गोविन्द कुँवर

काठमाडौं, २६ भदौ । मानवीय गतिविधिले हद् नाघ्न थालेपछि त्यस्को असर वन्यजन्तुमा पर्दै आएको छ । पछिल्लो ५० बर्षमा विश्वबाट वन्यजन्तुको संख्या दुई तिहाईले घटेपछि यस्ले पृथ्बीको जीवनचक्रममा नै असर पार्ने चेतावनी दिइएको छ ।

विश्व वन्यजन्तु कोष,डब्ल्यू डब्ल्यू एफले सार्वजनिक गरेको रिर्पोटले यस्तो डर लाग्दो संकेत गरेको हो । जंगलमा आगलागी, वन फडानी, चोरीशिकारी तथा अन्य विनाशकारी घटनाले ठुलो संख्यामा वन्यजन्तु घट्दै गएका छन् । ५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइ भन्दा धेरैले घटेको डब्ल्यू डब्ल्यू एफले सार्वजनिक गरेको छ ।

विभिन्न सयम जंगल हुने भीषण आगलागी र विकास नाममा भइरहको जंगल फडानीले वन्यजन्तु लोप भएको डब्ल्यूडुब्ल्यूएफले प्रतिवेदनमा उल्लेख छ । साथै प्रकृतिलाई मानिसले यसरी विनास गरेको यसअघि नदेखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ ।
रिपोर्ट अनुसार १९७० पछि स्तनधारी, पंक्षी, उभयचर, सरीसृप र माछाको २० हजार बढी आवादीमा औसत ६८ प्रतिशतले गिरावट आएको छ ।

विभिन्न समयमा जंगलमा लाग्ने भीषण आगलालीले वन जंगल तथा वन्यजन्तु मात्र नष्ट पारेको छैन् । जसले विश्वलाई नै वर्बाद गरिरहेको छ । अर्काे तिर पृथ्वीमा हाम्रो स्वास्थ्य, सुरक्षा र अस्तित्वलाई समेत खतरामा पारेको छ । यता डब्ल्यूडब्ल्यूएफले नेपालका वन्यजन्तुमा भने खतरामा नरहेको प्रष्ट पारेको छ ।

वन्यजन्तुको संख्यामा भारी गिरावट आउनुमा उनीहरुको बासस्थानमा क्षति पुर्याउने, उनीहरुको व्यापार गर्ने,मारेर खाने लगायतका केही प्रमुख कारणहरु हुन् । साथै वातावरण सम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नभएको दरमा प्रकृतिको विनाश भइरहेको भन्दै चेतावनी दिएको छ । विश्वभर वन्यजन्तु लोप हुँदै गएपनि नेपाल भने पछिल्लो केही यता दुरलभ वन्यजन्तुमा समेत बृद्धि भइरहेको डब्ल्युडब्ल्युएफ नेपालले जनाएको छ ।

विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेका छन् । जंगलको विनाश गर्ने, समुद्रमा अत्यधिक माछा मार्ने र जङ्गली जीवहरूलाई सखाप पार्नेहरूले यसको असर पृथ्वीमा स्पष्ट रुपमा देख्न थालेको जीव विज्ञहरूको भनाइ छ ।

भिडियाे हेर्नुहाेस्

LIVE TV