अबदेखि देशभरको आवतजावत कठिन, गन्तव्य तहको सिफारिस अनिवार्य



प्रकाशित मिति : Sep 10, 2020

काठमाडौं, २५ भदौ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकीय कामका लागि मात्रै उपत्यकामा आवतजावत गर्न दिने भएको छ ।उपत्यकामा बिहीबारदेखि निषेधाज्ञाका खुकुलो बनाएको छ । तर उपत्यका बाहिर आवतजावतमा भने कडाइ गरिएको छ। काठमाडौंबाट बाहिर जानका लागि अनुमतिपत्र चाहिने जनाइएको छ । मृत्यु संस्कार, विदेश जाने, कर्मचारीको सरुवा लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावत गर्न पाइने बताइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com