२५ भाद्र २०७७, बिहीबार
  • सुमन कार्की

पाल्पा, भदौ २५ । जिल्लामा जनप्रतिनिधिसहित समुदायमा कोरोना संङक्रमण पुष्टि भएपछि तानसेन नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने भएको छ ।नगरपालिकाका मेयर अशोक कुमार शाहीका अनुसार अर्को सूचना जारी नभएसम्म अत्यावस्यक सेवा बाहेक अन्य सेवा शुक्रबारबाट बन्द हुने जनाएका छन् । आज विहान मात्र तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन वडा सदस्यहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरभित्र पुष्टि भएकाहरु ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पाल्पा जिल्लामा हाल सम्म ६ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

LIVE TV