२५ भाद्र २०७७, बिहीबार

काठमाडौँ, २५ भदौ । निषेधाज्ञा खुकुलो भएसंगै टुटल र पठाओले पनि सेवा सुरु गरेको छ । राईड सेयर सेवा टुटल र पठाओले सरकारले जोर विजोरको आधारमा निजी मोटरसाइकललाई चल्न पाउन अनुमति दिएपछि सेवा सुरु गर्न लागेको हो ।

स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर सेवा दिने पठाओ दिन लागेको हो । लामो समयदेखि राइडरहरु बेरोजगार भएकोले उनीहरुबाट कुनै प्रकारको कमिसन नलिइने कम्पनीले जनाएको छ ।

त्यस्तै आजैबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुरु भएको छ । तर, पठाओमा सीमित राइडरले मात्र राइड सेयरको अनुमति पाउने छन्।

LIVE TV