२५ भाद्र २०७७, बिहीबार

तनहुँ, २५ भदौ । व्यास १ भादगाउँकी एक महिला तीन तल्ला घरको छतबाट खसेर ज्यान गएको छ । ज्यान जानेमा ३० वर्षीया मन्जु भुजेल जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहान १ बजे घरको छतबाट खसेपछि तत्काल उपचारको दमौली अस्पताल ल्याइएको र उनको उपचारका क्रममा दमौली अस्पतालमा करिब साढे १ बजेतिर ज्यान गएको हो । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LIVE TV