२४ भाद्र २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २४ भदौ । प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ सिनुरजोडाकी १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा स्थानीय ५६ वर्षीय बद्रिनाथ साहलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार साहले केही दिन पहिले उक्त किशोरीलाई ललाई फकाई गरेर जबरजस्ती करणी गरेका थिए ।

उक्त घटनापछि फरार रहेका साहलाई जिल्ला अदालत धनुषाको आदेशानुसार विशेष सूचनाको आधारमा सादा पोशाकमा खर्टिको प्रहरी टोलीले महोत्तरीको मठिहानीबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

आर्थिक चलखेल गरेर सोही गाउँका केही व्यक्तिहरुले उक्त घटनालाई गाउँमै दबाउन खोजेको भन्दै मंगलबार दबाब स्वरुप महेन्द्रनगरमा विरोध प्रदर्शन पनि गरिएको थियो ।

LIVE TV