हृदयघातका कारण तेलुगु अभिनेता जय प्रकाश रेड्डीको निधन



प्रकाशित मिति : Sep 09, 2020

काठमाडौं, २४ भदौ । कार्डियक अरेस्ट (हृदयघात)का कारण तेलुगु अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलबार (हिजो) आन्ध्र प्रदेशको गुंटुरस्थित आफ्नै निवासमा ७३ वर्षीय कमेडियन अभिनेता जय प्रकाश रेड्डीको निधन भएको हो ।

दक्षिण अभिनेता सुधीर बाबुले आफ्नो ट्वीटरमा सम्बेदना व्यक्त गर्दै अभिनेता जय प्रकाश रेड्डीको निधन भएको पुष्टि गरेका हुन् ।

उनले अभिनेता जय प्रकाश रेड्डीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘भयनक समाचार । आरआईपी सर । ह्यासट्याट जयप्रकाशरेड्डी ।’

त्यसोत, आन्ध्र प्रदेशको पूर्व मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले पनि अभिनेता जय प्रकाश रेड्डीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अभिनेता जय प्रकाश रेड्डीले कमिकका साथमा खलनायक भूमिका पनि निभाएका छन् । उनले सन् १९८८ मा फिल्म ब्रम्हापुत्रबाट आफ्नो करियर सुरु गरेका थिए । साथै, उनले जांबा लक्की पम्बा, प्रेमिनचुकुंदम रा, समरसिम्हा रेड्डी, अवुनु वलिदारु इस्टा पद्दरु, पलनीति ब्राह्मनायडु, अमर अकबर एंथनी, नेला टिकटलगायत फिल्ममा काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com