२४ भाद्र २०७७, बुधबार

भोजपुर, २४ भदौ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरले संक्रमण रोकथामका लागि गरेको निर्णय लाई वेवास्ता गर्दै षडानन्द नगरपालिकाका मेयर विरवल राईले मान्छे ल्याएको खुलेको छ ।

वुधवार संक्रमण पुष्टिभएका षडानन्द नगरपालिका वडा नं ४ का १५ र ४१ वर्षिय २ पुरुष र ४२ वर्षिया महिला, वडा नं ६ का ४४ वर्षिय पुरुष र वडा नं ८ का २० वर्षिया महिलालाई मेयरलेनै दिङला र खाँदबारी जोड्ने सतीघाटबाट रातको समयमा जिल्ला प्रवेब गराएको एक गोप्य स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रले गरेका निर्णलार्ई वेवास्ता गर्दै जिल्ला छिराएका कारण जिल्ला भरिनै कोरोनाको त्रास वढेको हो ।

संक्रमितहरु गत भाद्र १५ र १८ गते मोरङको पत्थरी र काठमाडौँबाट दिङला र खाँदबारी जोड्ने सतीघाट हुँदै दिङ्ला आएका थिए ।

नाका वन्द गर्ने जिल्ला संकट व्यवस्थापन केन्दको निर्णयमा हस्ताक्षर गरेका मेयर वाटनै गैर जिम्मेवारी काम गर्नाले संक्रमण न्यूनिकरणमा प्रशासन तथा सम्वन्धित निकायले गरेका प्रयास र सफलतामा माथिनै यसले दरीलो प्रहार गरेको छ ।

यता मेयर विरवल राईले भने स्वदेह वाटै आएको नागरीक र होल्डिङ एरीयामा ठाउ समेत अभावहुने भएकाले सतिघाटको नाका बाट प्रवेश गराईएको हो ।

होम क्वारेन्टाइनमा रहनेगरी उनीहरुलाई प्रवेश गराईए पनि संक्रमितहरु खुल्ला रुपमा हिडडुलगरेको खुलेकोछ जसका कारण स्थानियहरुमा समेत त्रासमा रहेका छन् ।

नगरपालिकाले भने संक्रमितहरुसग सम्पर्कमा आएकाहरुको पहिचान गरी २ दिन भित्रमा पीसीआर जाच गर्ने जनाएको छ । संक्रमितको स्वाब गत भाद्र २२ गते वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।

संक्रमित सबैलाई स्थानीय गान्धी मेमोरियल हस्पिटल दिङलाको आईसोलेसन वार्डमा राखिएको छ । रिपोर्ट पोजिटिभ आएपछि नगरपालिकाले ७ दिनको लागि सम्पूर्ण नाकासहित दिङ्लाबजार सिल गरेको छ ।

सतिघाटबाट प्रवेश गर्नअघि पीसीआर रिपोर्ट अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ । योसंगै भोजपुरमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । जसमध्ये ६ जना निको भईसकेका छन् ।

LIVE TV