२४ भाद्र २०७७, बुधबार
  • सन्तोष काफ्ले

सुनसरी, २४ भदौ । नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट मेडिकल कजेजको रुपमा रहेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गरिने भएको छ ।

प्रतिष्ठानको २७ औ स्थापना दिवस तथा जननेता बीपी कोइरालाको १०७ औं जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गरिने घोषणा गर्नु भएको हो ।

जन नेता वीपी कोइरालाको नाममा स्थापित प्रतिष्ठान हात भित्र कोइरालाको पुर्णकदको शालिक अनावरगर्दै उपकुलपति गिरिले प्रतिष्ठानमा अंग प्रत्यारोपण केन्द्र स्थापनाको तयारी सुरु गरिएको वताउनु भयो ।

अंगप्रत्यारोण केन्द्र सगै ट्रमा सेन्टर, अंको तथा कार्डियो सेन्टर स्थापना गर्न र प्रतिष्ठानलाई पुर्ण विश्व विद्यालय बनाउने प्रक्रिया सुरु भएको ले चाडै पूरा हुने विश्वास व्यक्त गर्नु भयो ।

नेपालका मात्र नभई भारतीयहरुलाई समेत सेवा दिदै आएको प्रतिष्ठानको गरिमा उच्च राख्दै यसको विकास र विस्तारमा आफु निरन्तर लागि परेका उपकुलपति गिरिले वताउनु भयो ।

अनिमितता र भ्रष्ट्चारका कारण गिरेको प्रतिष्ठानको साख पहिल्यै कै अवस्थामा कायम गर्ने प्रतिबद्धता जनाउदै उहाले अनियमिता र वेतिथि हटाउदै प्रतिष्ठानको विकासमा कुनै कसुर मागि नराख्ने वताउनु भयो ।

साथै उहाले वीपीकोइरालाको योगदानको चर्चा गर्दै प्रतिष्ठान परिशरमा उहाको शालिक आनावरण गर्न पाएको भन्दै खुसी व्यक्त गर्नु भयो ।

साथै उहाले शालिक सँगै त्यस क्षेत्रमा पार्क समेत निमार्ण गर्ने वताउनु भयो । प्रतिष्ठानले स्थापना दिवसको अवसरमा प्रतिष्ठानको बार्षिक एक्सप्लान समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो ।

कार्यक्रमा प्रतिष्ठानमा शिक्षाध्यक्ष प्राध्यापक डाक्टर गुरुप्रसाद खनाल सगै अन्य पदाधिकारी, धरान उपमहानगर पालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगाएत प्रतिष्ठानका शिक्षक, कर्मचारी, विद्यार्थी लगातको उपस्थित रहेका थियो ।

LIVE TV