२४ भाद्र २०७७, बुधबार
  • रामगोपाल तमखु,

भक्तपुर, २४ भदौ । भक्तपुरमा कोरोना संक्रमितहरु तीब्र रुपमा बढ्दै गएको अवस्थामा संक्रमितहरुको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिंङलाई तीब्रता दिइएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि भक्तपुरका स्थानीय तहले टोल–टोलमा स्वाव संकलन गर्न थालेको हो ।

सूर्यविनायक नगरपालिकाले भदौ २१ गते आइतबारबाट गाडी मै स्वाव संकलन बुथ बनाएर घुम्ती शिविर मार्फत् स्वाव संकलन गरिसकेको छ ।

कन्ट्याक्ट ट्रेसिङबाट संक्रमितहरुको पहिचान गर्नका लागि हालसम्म ६ सय जनाको स्वाव संकलन गरी परीक्षण गरिसकेको वडा नम्वर ८ का वडाध्यक्ष एंव समाजिक विकास समितिका संयोजक किरण थापाले बताए ।

परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा कोरोना संक्रमण देखिएको वडाध्यक्ष एंव संयोजक किरण थापाले बताए । त्यस्तै भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरुको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिंङबाट ८ सय ५० जनाको स्वाव संकलन गरी परीक्षण गरिएको छ ।

जसमध्ये ३० प्रतिशतलाई कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यलय भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवले जानकारी दिए । त्यस्तै मध्यपुर थिमि नगरपालिकाले १६ सय ७५ जनाको स्वाव संकलन गरेर परीक्षण गरिसकेको छ ।

जसमध्ये, २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । चाँगुनारायण नगपालिकामा ३ सय जनाको स्वाव संकलन गरी परीक्षण गर्दा १० प्रतिशतलाई मात्र संक्रमण देखिएको नगरपालिकाका प्रमुख सोम मिश्रले बताए ।

हालसम्म भक्तपुरमा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ सय ७७ जना रहेका छन ।

कोरोना सक्रमणबाट निको भई डिस्र्चाज हुनेहरुको संख्या १ सय ९६ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

LIVE TV