२४ भाद्र २०७७, बुधबार

काठमाडौं, २४ भदौ । मुलुकमा थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, ओलखढुंगामा ३ जना, खोटाङमा २ जना, झापामा ६ जना, ताप्लेजुङमा १ जना, धनकुटामा ९ जना, भोजपुरमा ५ जना, मोरङमा ७७ जना र सुनसरीमा ५६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा ३ जना, पर्सामा ६ जना, बारामा १७ जना, महोत्तरीमा २ जना, रौतहटमा ७० जना, सप्तरीमा २६ जना, सर्लाहीमा ६ जना र सिरहामा ४८१ जनामा संक्रमण देखिएको छ ।

यता, वागमती प्रदेशको काठमाडौँमा ३ सय ९४ जना, काभ्रेमा ८ जना, चितवनमा २१ जना, दोलखामा ३ जना, धादिङमा २ जना, नुवाकोटमा ४ जना, भक्तपुरमा ३६ जना, मकवानपुरमा ४२ जना, रामेछापमा ३ जना, ललितपुरमा ३४ जना, सिन्धुपाल्चोकमा ३ जना र सिन्धुलीमा १ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १० जना, गोरखामा १ जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा १ जना, पर्वतमा १ जना र लमजुङमा ३ जना, बाग्लुङमा २ जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को कपिलबस्तुमा ११ जना, गुल्मीमा २ जना, दाङमा १ जना, नवलपरासीमा १२ जना, पाल्पामा २ जना, बर्दियामा १३ जना, बाँकेमा २२ जना र रुपन्देहीमा ४२ जनामा भाइरस देखिएको छ ।

त्यस्तै कर्णाली प्रदेशको जाजरकोटमा १ जना, दैलेखमा २ जना र सुर्खेतमा २२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जना, दार्चुलमा ३ जना र बझाङमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

LIVE TV