
काठमाडौँ, २४ भदौ । बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले अभिनेत्री कंगना रनावतको कार्यलय रहेको भवनको केही भाग तोडफोड गरेको छ । अवैध निर्माण गरेको भन्दै कंगना रनावत कार्यलय रहेको भवन तोडफोड गरेको हो । अवैध निर्माण रोक्न नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले भवन तोडफोड गरेको हो ।
कंगना रनावतले पनि आफैंले यस कार्यको तस्विर ट्वीट गर्दै मुम्बईलाई फेरि पाकिस्तान अधिकृत काश्मीरु सँग तुलना गरेकी छिन् । उनले बुधवार सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘म कहिले गलत हुँदिन र मेरा दुश्मनहरूले बारम्बार प्रमाणित गरे। त्यसैले मेरो मुम्बई अब पोके हो। म त्यस्तो बेला एयरपोर्टबाट मुम्बई दर्शनका लागि जाँदैछु, त्यसबेला महाराष्ट्र सरकार र उनीहरूका अधिकारीहरू मेरो सम्पत्ति अवैध रूपमा भत्काउन पुगेका छन्।’
I am never wrong and my enemies prove again and again this is why my Mumbai is POK now #deathofdemocracy ? pic.twitter.com/bWHyEtz7Qy
— Kangana Ranaut (@KanganaTeam) September 9, 2020
यसैबीच, कंगना रनावत वकिलले बंबई उच्च अदालतमा बीएमसीको कारबाहीको विरुद्ध अपील पेश गरे जुन आज सुनुवाइ हुन सक्नेछ । यसअघि सोमबार, एक बीएमसी टीम मुम्बईको पाली हिलमा कंगना रनौतको कार्यालय पुगेको थियो, जसपछि कंगनाको उक्त बंगला ध्वस्त पार्ने दाबी गरेका थिए ।
यसअघि, कंगना रनौतले भनिन् कि उनी मुम्बईमा सुरक्षित महसुस गर्दिनन्। कंगनाले मुम्बईलाई पाकिस्तान प्रशासित काश्मिरसँग तुलना गरे, जुन पछि महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखदेखि शिवसेना नेता र राज्यसभा सांसद संजय राउतले कंगनालाई निशाना बनाएका थिए । कंगना बुधवार हिमाचल प्रदेशबाट मुम्बई फर्किदैछिन् ।