२४ भाद्र २०७७, बुधबार

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले घर, गाडी र हाउजिङ निर्माण तथा खरिदका लागि बैंकबाट लिएको ऋणमा व्याजदर बढाउन नपाउने भन्दै बैकहरुलाई निर्देशन दिएको छ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा व्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

राष्ट्र बैकले कोरोना भाइरस र लकडाउनबाट अर्थतन्त्र प्रभावित बन्दै गएको अवस्थामा बैंक तथा बित्तीय संस्थाहरुलाई कर्जा ऋणिको व्याजदरमा जथाभावी घटबढ नगर्न भनेको छ । लामो बन्दाबन्दीको कारण बैक तथा बित्तीय संस्थाको व्याज र किस्ता बुझाउन सर्वसाधारण ऋणिलाई कठिन भएको छ । बैकको होम लोन, अटो लोन, तथा हाउजिङ र अन्य कर्जाको व्याज तत्काल नबढाउन भनिएको छ ।

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए । न्यूज २४ संग कुरा गर्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गनुपर्ने जनाउनु भएको छ ।

बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गर्ने गरेको हुँदा कोरोना महामारी र निषधाज्ञाको कठिन अवस्थामा ऋणिहरुले ब्याज र किस्ता बुझाउन नसकेको कारण राष्ट्र बैकले तत्काल ब्याजदर नबढाउन निर्देशन दिएको हो ।

LIVE TV