२४ भाद्र २०७७, बुधबार

काठमाडौँ, २४ भदौ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप परीक्षण हाललाई स्थगित गरिएको छ । विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस खोपका लागि अन्तिम क्लिनिकल परीक्षणहरू एक सहभागी एक व्यक्ति बिरामी भएपछि हाललाई परीक्षणलाई स्थगित गरिएको हो ।

एस्ट्राजेनेकाका अनुसार परीक्षणमा सहभागी एक व्यक्ति बिरामी भएकाले तत्कालका लागि खोप परीक्षण स्थगित गरिएको हो । ती व्यक्ति कसरी बिरामी भए भन्ने अनुसन्धान भइरहेको र त्यसको पुष्टि भएपछि मात्र पूनः परीक्षण गरिने जनाइएको छ । खोप परीक्षणको नतिजाको बारेमा विश्वभरि ने चासोको रुपमा हेरिएको थियाे ।

बीबीसीका मेडिकल सम्पादक फर्गस वाल्शका अनुसार अब यसको स्वतन्त्र जाँच हुनेछ । सुरक्षा मापदण्डका बारेमा समीक्षापछि मात्रै खोपको पुनः परीक्षण हुने नहुने टुंगो लाग्ने छ । (एजेन्सीकाे सहयाेगमा)

LIVE TV